
काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडीको किस्ता तिरेको छ । ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो ।
दुवैको गरी निगमले ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो ।
निगमले २०८१ सालको चैत्रसम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा प्रतिकूल असर परेकोले उक्त समयकोे ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न दुवै कोषलाई अनुरोध गरेको बताएको छ ।
निगमले किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन पनि सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफलसमेत भइरहेको उल्लेख छ ।
Sudina Shrestha
प्रकाशित: २ बैशाख २०८२, मंगलवार ०९:२७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
