काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडीको किस्ता तिरेको छ । ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो ।
दुवैको गरी निगमले ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो ।
निगमले २०८१ सालको चैत्रसम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा प्रतिकूल असर परेकोले उक्त समयकोे ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न दुवै कोषलाई अनुरोध गरेको बताएको छ ।
निगमले किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन पनि सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफलसमेत भइरहेको उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-15
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
