
भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (महासंघ)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लाे उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएकी हुन् ।

फाेनिजकाे लेखा समिति संयाेजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।यस्तै प्रदेश १ काे प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशकाे इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिए ।

Sudina Shrestha
प्रकाशित: ३० चैत्र २०८१, आईतवार १२:४१
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
