
काठमाण्डौ । आइसिसी यु-१९ विश्वकप एसिया छनोट आजदेखि शुरु हुँदैछ । घरेलु टोली नेपालले आज यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ ।
यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । यस्तै माथिल्लो क्रिकेट मैदानमा अफगानिस्तान र ओमानबीच अर्को खेल पनि बिहान ९ बजेदेखि शुरु हुँदैछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा सबैभन्दा धेरै अङ्क ल्याउने टोली विजेता बन्दै १९ वर्षमुनिको विश्वकपमा पुग्नेछ । आजदेखि शुरु हुने खेल आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एशिया छनोट खेल्न आएको हो ।
राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुनेछ ।यसैबीच नेपालले १९ वर्षमुनिको विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो ।
यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी १९ वर्षमुनिको कप जित्दै नेपाल १९ वर्षमुनिको विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० चैत्र २०८१, आईतवार ०८:४९
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
