काठमाडौं, काठमाडौंको बबरमहलस्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिएको थियो ।
उक्त ठक्करमा परेर अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार ब्यूरोले जानकारी दिएको छ ।
मृतकको नाम, थर र वतन भने खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-12
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
