काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ । वार्तामा बसेपनि आन्दोलन भने नरोक्ने महासंघले बताएको छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग आज वार्ता गर्न शिक्षक महासंघ तयार भएको हो ।
यसअघि शिक्षक महासंघले सरकारसँग वार्ता अस्वीकार गर्दै आएको थियो । पटक पटकको आग्रहपछि महासंघ सरकारसँग वार्ता गर्न तयार भएको हो । महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले संवाद र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताउँदै भनिन्, ‘हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ ।’
महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।
महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ । शिक्षकहरूले पछिल्लो पटक २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
