
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ । वार्तामा बसेपनि आन्दोलन भने नरोक्ने महासंघले बताएको छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग आज वार्ता गर्न शिक्षक महासंघ तयार भएको हो ।
यसअघि शिक्षक महासंघले सरकारसँग वार्ता अस्वीकार गर्दै आएको थियो । पटक पटकको आग्रहपछि महासंघ सरकारसँग वार्ता गर्न तयार भएको हो । महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले संवाद र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताउँदै भनिन्, ‘हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ ।’
महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।
महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ । शिक्षकहरूले पछिल्लो पटक २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ चैत्र २०८१, बिहीबार १०:२६
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
