काठमाडौं । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तरमा केही सुधार भएको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । बुधबार दिउँसोसम्म विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा रहेको काठमाडौं आज १२ नम्बरमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको छ । जसले गर्दा नेपालमा वायुको गुणस्तरमा अझै सुधार हुने पूर्वानुमान रहेको छ ।
विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान सवा ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ । विगतको तुलनामा केही सुधार देखिएपनि यो सूचकांकले संवेदनशील समूहका लागि काठमाडौंको हावा अझै अस्वस्थ रहेको जनाउँछ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । यसअघि यो वर्ष यही चैत २१ गते काठमाडौंको बायुको गुणस्तर सूचकांक ३७३ सम्म पुगेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
