
काठमाडौं । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तरमा केही सुधार भएको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । बुधबार दिउँसोसम्म विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा रहेको काठमाडौं आज १२ नम्बरमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको छ । जसले गर्दा नेपालमा वायुको गुणस्तरमा अझै सुधार हुने पूर्वानुमान रहेको छ ।
विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान सवा ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ । विगतको तुलनामा केही सुधार देखिएपनि यो सूचकांकले संवेदनशील समूहका लागि काठमाडौंको हावा अझै अस्वस्थ रहेको जनाउँछ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । यसअघि यो वर्ष यही चैत २१ गते काठमाडौंको बायुको गुणस्तर सूचकांक ३७३ सम्म पुगेको थियो ।
Sudina Shrestha
प्रकाशित: २७ चैत्र २०८१, बिहीबार १०:२१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
