
काठमाण्डौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरीका अनुसार हिजो (मङगलवार) बेलुका सवा ७ बजेतिर जयगढ बजारमा रहेको आईएमई सेन्टरभित्र खाना पकाउने ग्यास पड्किएपछि आगो शुरू भएको थियो ।
आईएमई सेन्टर भित्रै एउटा कोठा भान्साको लागी प्रयोग गरिएको थियो । आगोले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा–माटोका घर र २ वटा पक्की घर पूर्णरूपमा जलेका हुन् । आगोले २७ घरमा रहेका ३० वटा पसल जलेका प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन । झन्डै ६ घण्टापछि मात्रै आगो निभइएको प्रहरीले जनाएको छ । साँघुरो बाटोका कारण मङ्गलसेन नगरपालिकाबाट गएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ चैत्र २०८१, बुधबार ०८:५५
नेपाल प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

च्याम्पियन्स लिगः आर्सनल र इन्टरमिलान सेमिफाइनलमा, रियल म्याड्रिड बाहिरियो

अमेरिकाले चीनमा लगायो २४५ प्रतिशत प्रतिशोधात्मक कर

चार ठेकेदार कम्पनी कालोसूचीमा

दि हिडन ट्रेजरद्वारा आयोजित ‘डिजाइनर अफ द इयर’को उपाधि सविना र शिरिषालाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
