काठमाण्डौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरीका अनुसार हिजो (मङगलवार) बेलुका सवा ७ बजेतिर जयगढ बजारमा रहेको आईएमई सेन्टरभित्र खाना पकाउने ग्यास पड्किएपछि आगो शुरू भएको थियो ।
आईएमई सेन्टर भित्रै एउटा कोठा भान्साको लागी प्रयोग गरिएको थियो । आगोले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा–माटोका घर र २ वटा पक्की घर पूर्णरूपमा जलेका हुन् । आगोले २७ घरमा रहेका ३० वटा पसल जलेका प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन । झन्डै ६ घण्टापछि मात्रै आगो निभइएको प्रहरीले जनाएको छ । साँघुरो बाटोका कारण मङ्गलसेन नगरपालिकाबाट गएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
