काठमाडौं । आज काठमाडौंको विभिन्न स्थानमा आन्दोलन हुँदैछ । नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्दैछन ।
गत बुधबारदेखि शिक्षकहरुले विद्यालय शिक्षा ऐनको माग गर्दै माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा शिक्षकको सहभागी भएपनि आन्दोलन शान्तिपूर्ण रहेको छ ।
सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा कार्यक्रम गर्ने गरेका छन् । यसैगरी आज राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानबाट र्याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्दैछ ।
आन्दोलनका कारण आज सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
