
एजेन्सी । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिएका हुन् ।
यसअघि गएको शुक्रवार चीनले अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्म शुल्क लगाउने घोषणा गरेको थियो । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजार समयमा खुल्न सकिरहेको छैन भने विश्वव्यापी रुपमै शेयर बजारमा उथल–पुथल देखिएको छ ।
ट्रम्पले भनेजति थप भन्सार महसुल लागेमा चीनबाट सामान आयात गर्ने केही अमेरिकी कम्पनीले १०४ प्रतिशत करको सामना गर्नु पर्ने देखिन्छ । यसैबीच, पत्रकारहरुसँगको कुराकानीमा ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार महसुल रोक्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: २५ चैत्र २०८१, मंगलवार ०९:१२
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ