एजेन्सी । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिएका हुन् ।
यसअघि गएको शुक्रवार चीनले अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्म शुल्क लगाउने घोषणा गरेको थियो । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजार समयमा खुल्न सकिरहेको छैन भने विश्वव्यापी रुपमै शेयर बजारमा उथल–पुथल देखिएको छ ।
ट्रम्पले भनेजति थप भन्सार महसुल लागेमा चीनबाट सामान आयात गर्ने केही अमेरिकी कम्पनीले १०४ प्रतिशत करको सामना गर्नु पर्ने देखिन्छ । यसैबीच, पत्रकारहरुसँगको कुराकानीमा ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार महसुल रोक्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
