काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद विकास तथा शान्ति दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले ६ अप्रिल २०२५ का दिन स्वयम्भू मन्दिर परिसरमा विशेष “दीप प्रज्वलन कार्यक्रम” आयोजना गर्यो।

विश्व शान्तिको प्रतीक मानिने स्वयम्भू मन्दिरमा साँझ ५:०० बजे सुरु भएको कार्यक्रममा खेलकुदको माध्यमबाट समाजमा विकास र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको थियो। कार्यक्रममा विभिन्न खेल क्षेत्रका प्रतिनिधिहरू, खेलाडीहरू तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
दीप प्रज्वलनमार्फत शान्तिको प्रकाश फैलाउने यो कार्यक्रमले खेलकुदले ल्याउने सकारात्मक परिवर्तन र सामाजिक सद्भावलाई सशक्त बनाउने सन्देश दिएको आयोजकले जनाएका छन्।
तस्बिर : राजेन्द्र चित्रकार
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
