
काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद विकास तथा शान्ति दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले ६ अप्रिल २०२५ का दिन स्वयम्भू मन्दिर परिसरमा विशेष “दीप प्रज्वलन कार्यक्रम” आयोजना गर्यो।

विश्व शान्तिको प्रतीक मानिने स्वयम्भू मन्दिरमा साँझ ५:०० बजे सुरु भएको कार्यक्रममा खेलकुदको माध्यमबाट समाजमा विकास र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको थियो। कार्यक्रममा विभिन्न खेल क्षेत्रका प्रतिनिधिहरू, खेलाडीहरू तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
दीप प्रज्वलनमार्फत शान्तिको प्रकाश फैलाउने यो कार्यक्रमले खेलकुदले ल्याउने सकारात्मक परिवर्तन र सामाजिक सद्भावलाई सशक्त बनाउने सन्देश दिएको आयोजकले जनाएका छन्।
तस्बिर : राजेन्द्र चित्रकार
Sudina Shrestha
प्रकाशित: २४ चैत्र २०८१, सोमबार ११:३३
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
