काठमाडौं । अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ ।
नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्र बहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्र प्रसाद श्रेष्ठ सचिव, अशोक मानन्ध सह–सचिव तथा नरेश बैद्य कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरतन महर्जन र सन्तोष तुलाधर छन् । यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । त्यही कार्यक्रमको अवसरमा क्लबको संग्राहलय स्थापनामा सहयोग पुर्याउने सबैलाई सम्मान पनि गरिएको थियो । विक्रम संवत् १९८९ मा स्थापित अन्नपूर्ण आरसीटी नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ ।
तस्बिर : राजेन्द्र चित्रकार
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
