
काठमाण्डौ । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले बताएका छन् ।
मौसमविद डेभिट ढकालका अनुसार भोलि पूर्वको केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पर्सि भोलिकोभन्दा अलि धेरै वर्षा हुने अनुमान रहेको छ । पर्सिदेखि वर्षा गराउने प्रणाली सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा पनि भोलि र पर्सि हल्कादेखि छिटपुट वर्षा हुने र आउँदो बिहीवार र शुक्रवार मध्यम वर्षा भएर प्रदूषण घट्न सक्ने मौसमविद् ढकालको भनाइ छ ।
अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
यसैबीच काठमाण्डौको वायु प्रदूषण निकै अस्वस्थकर स्तरमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एयरका वायु गुणस्तर इन्डेक्स दुई सयभन्दा माथि पुगेर काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।
एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।
यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् । वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ चैत्र २०८१, सोमबार ०९:०७
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
