
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसालको निधन आइतबार साँझ पौने ८ बजेतिर भएको हो । स्वास्थ्यमा समस्यमा आएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो ।
पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका–४, दधिकोटमा बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गरेकाले उनको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताए । वि.सं. १९८५ साउन २८ गते जन्मेका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी भएका थिए ।
Sudina Shrestha
प्रकाशित: २४ चैत्र २०८१, सोमबार ०९:००
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ