काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसालको निधन आइतबार साँझ पौने ८ बजेतिर भएको हो । स्वास्थ्यमा समस्यमा आएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो ।
पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका–४, दधिकोटमा बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गरेकाले उनको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताए । वि.सं. १९८५ साउन २८ गते जन्मेका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
