
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षमा मनोनीत गरेको छ । पछिल्लो पटक बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनीत गरेको हो ।
यही चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरेको बताइएको छ । उपराष्ट्रपतिको कार्यकाल सकिएको केही समयदेखि पुन माओवादी केन्द्रका बैठकहरूमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएक थिए । योसंगै उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।
Sudina Shrestha
प्रकाशित: २४ चैत्र २०८१, सोमबार ०८:५२
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ