अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ ढुंङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हो ।
दुर्घटनामा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको थियो । अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
