भक्तपुर । देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षाका साथ नेपालमा क्यालेन्डर प्रदर्शनी आयोजना गरिँदैछ । नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो, भने २०८२ मा यो संख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ ।
यसै सन्दर्भमा, भक्तपुर दरवार, सिद्धपोखरी र योसिखेलमा विशेष प्रदर्शनीको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठन लगायतका विभिन्न संघसंस्थाहरूले आफ्ना आकर्षक क्यालेन्डरहरू प्रदर्शन गर्नेछन् ।
क्यालेन्डर मात्र नभई, यस प्रदर्शनीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । प्रत्येक क्यालेन्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ ।
बिस्का जात्रा हेर्न वैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भएकाले, आयोजकहरूले क्यालेन्डर प्रकाशकहरूलाई यही अवसरमा आफ्ना क्यालेन्डर प्रदर्शन गर्न विशेष अपिल गरेका छन् ।
नेपालमा क्यालेन्डर केवल मितिहरू हेर्ने साधन मात्र नभई, हाम्रो संस्कृति, परम्परा, र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ । यो प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक, र ऐतिहासिक महत्त्व बोकेका क्यालेन्डरहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
