
काठमाण्डौ । काठमाण्डौको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ । गएको शुक्रवार राजावादी समूहको तीनकुनेमा आयोजित कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच यसअघि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौले ६ दिनको म्याद थप गरेको छ ।
उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट थप ६ दिन थुनामा राख्न जिल्ला न्यायाधीश ढाकाराम पौडेलको इजलासले हिजो आदेश दिएको हो ।तीनकुने घटना प्रकरणमा पक्राउ परेका उनीहरूविरुद्ध पहिलो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । प्रहरीका अनुसार राणा र मिश्रसहित ११ जनालाई राज्यविरुद्धको कसूरसहित आपराधिक उपद्रव र सङ्गठित अपराधसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको छ ।
हिंसात्मक प्रदर्शनमा संलग्नमध्ये १ सय १२ जनालाई प्रहरीले पक्राउ गरे पनि स्वागत नेपाललगायत ८१ जनालाई सामान्य सोधपुछपछि प्रहरीले हाजिरी जमानीमा छोडेको छ । तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने प्रहरी र प्रदर्शनकारीसहित बाटो हिँड्नेसमेत गरी १ सय २९ जना घाइते भएका थिए । २४ जना घाइतेको अहिले पनि उपचार भइरहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० चैत्र २०८१, बिहीबार ०८:५७
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
