धादिङ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन्।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बि।एडी १३७७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको म।प्र।०३–००२ ख १७३३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए।
दुर्घटनामा घाइते भएका नवलपरासी देवचुली गाउँपालिका– ३ का ३६ वर्षीय प्रदिप न्यौपाने, १० वर्षीय प्रक्षेप न्यौपाने र पाल्पा बगनासकाली गाउँपालिका–२ का २९ वर्षीय रामहरि गैरेलाई काठमाडौं रेफर गरिएको छ। काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षीय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका– ८ का ३३ वर्षीय मुनिराज उपाध्यायको सिम्लेस्थित राजु मेडिकलमा उपचार भइरहेको छ।
ओभार स्पिडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक हमालले बताए। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
