
काठमाडौं, साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग २०२५ मा पहिलो जित हात पारेको छ । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन सहयोगमा ललितपुरले बुधबार पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।जितपछि दुई खेलबाट ४ अंक जोडेर ललितपुर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । ललितपुरका लागि जोनाथान कान्टिलानाले दुई तथा इमोह इजेकेलेल एक गोल गरे ।
पोखराका लागि मार्की प्लेअर समिर तामाङ र विदेशी खेलाडी जोए आइडुले एक–एक गोल गरे ।त्रिपुरशेवरस्थित दशरथ रंगशालमा भएको खेलमा कान्टिलानाले छैटौं मिनेटमै कर्नरबाट हानेको बल पोखराका किपरलाई लाग्दै गोलमा परिणत भएको थियो ।पोखराका लागि समिरले ४२औं मिनेटमा बराबरी गोल फर्काए । तर, पहिलो हाफको इन्जुरी टाइममै इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए । कान्टिलानाले ७५औं मिनेटमा गोल गरेपछि ललितपुरले ३–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा खेल केहीबेर तनावपूर्ण बनेको थियो । ८१औं मिनेटमा पोखराले गोल भएको भन्दै विवाद गरेपछि खेल केहीबेर रोकिएको थियो ।पोखराका लागि इन्जुरी टाइमको दशौं मिनेटमा आइडुले गोल गर्दै गोल अन्तर कम पारे पनि ढिला भइसकेको थियो । पोखराको यो लगातार दोस्रो हार हो । दुई खेलबाट अंकविहीन पोखराका लागि अब बाँकी यात्रा कठिन हुनेछ ।
Sudina Shrestha
प्रकाशित: १९ चैत्र २०८१, बुधबार २२:३२
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
