
काठमाडौँ। ६१ दिन चलेको सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । अधिवेशनबाट नौ वटा कानुन पारित र प्रमाणीकरणको प्रक्रिया पूरा भएको छ ।
माघ १८ गतेबाट सुरु भएको अधिवेशनले प्रतिनिधि सभामा उत्पत्ति भएका पाँच र राष्ट्रिय सभामा उत्पत्ति भएका चार विधेयक पारित गरेको हो ।
विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विधायिकी कार्यमा अघिल्लो पटकको तुलनामा सफल भए पनि अपेक्षित भने हुन सकेन । संसद्को अघिल्लो हिउँदे अधिवेशनमा तीन वटा मात्र विधेयक पारित भएका थिए । सङ्ख्यात्मक हिसाबले यो पटक केही सुधार भएको हो ।
प्रतिनिधि सभामा उत्पत्ति भएका सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण (पहिलो संशोधन) विधेयक पारित भएका छन् ।
यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएका विधायनसम्बन्धी विधेयक, विद्युतीय व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुरक्षित कारोबार विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित भएका छन् ।
यसबिचमा प्रतिनिधि सभाबाट पारित भई माथिल्लो सभा पठाइएका दुई विधेयक विचाराधीन छन् । यस्तै राष्ट्रिय सभाले पारित गरी पठाएका चार विधेयक प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छन् । चालु अधिवेशनमा दर्ता भएका अध्यादेश प्रतिस्थापनबाहेकका अन्य विधेयक पारित भएनन् ।
सङ्घीय संसद्का दुवै सदनमा विभिन्न चरणमा २० भन्दा बढी विधेयक विचाराधीन छन् । जसमध्ये तीन गैरसरकारी विधेयक छन् । प्रतिनिधि सभाका समितिमा १५ र राष्ट्रिय सभामा दुई विधेयक समितिमा विचाराधीन छन् ।
Sudina Shrestha
प्रकाशित: १९ चैत्र २०८१, बुधबार ०९:०८
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
