धनकुटा, झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनकुटाको तल्लो टुँडिखेलमा आज मंगलबार सम्पन्न क्वार्टरफाइनलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनल प्रवेश गरेको हो।
पहिलो हाफको इन्जुरी समयमा बिर्तामोडका अभिषेक गुरुङले टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५८औँ मिनेटमा विशाल भण्डारी र ६३औँ मिनेटमा क्याप्टेन गिल्सन कन्दङवाले व्यक्तिगत गोल गर्दै बिर्तामोडको जित सुनिश्चित गरे।
निक्कै आक्रामक देखिए पनि चित्लाङ फुटबल क्लबले दोस्रो हाफको ७५औँ मिनेट एक गोल मात्र फर्काउन सक्यो। चित्लाङका लागि विदेशी खेलाडी डोक्सुले सान्त्वना गोल फर्काए। आजको खेलको म्यान अफ द म्याच बिर्तामोडका क्याप्टेन गिल्सन कन्दङवा घोषित भए। उनले नगद ५ हजार ५ सय र ट्रफी प्राप्त गरे।
भोलि बुधबारको खेल एपिएफ क्लब काठमाडौं र बेलबारी फुटबल क्लब मोरङबिच हुने आयोजकले जनाएको छ। २३ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी हात पार्नेछन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
