
धनकुटा, झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनकुटाको तल्लो टुँडिखेलमा आज मंगलबार सम्पन्न क्वार्टरफाइनलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनल प्रवेश गरेको हो।
पहिलो हाफको इन्जुरी समयमा बिर्तामोडका अभिषेक गुरुङले टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५८औँ मिनेटमा विशाल भण्डारी र ६३औँ मिनेटमा क्याप्टेन गिल्सन कन्दङवाले व्यक्तिगत गोल गर्दै बिर्तामोडको जित सुनिश्चित गरे।
निक्कै आक्रामक देखिए पनि चित्लाङ फुटबल क्लबले दोस्रो हाफको ७५औँ मिनेट एक गोल मात्र फर्काउन सक्यो। चित्लाङका लागि विदेशी खेलाडी डोक्सुले सान्त्वना गोल फर्काए। आजको खेलको म्यान अफ द म्याच बिर्तामोडका क्याप्टेन गिल्सन कन्दङवा घोषित भए। उनले नगद ५ हजार ५ सय र ट्रफी प्राप्त गरे।
भोलि बुधबारको खेल एपिएफ क्लब काठमाडौं र बेलबारी फुटबल क्लब मोरङबिच हुने आयोजकले जनाएको छ। २३ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी हात पार्नेछन्।
Sudina Shrestha
प्रकाशित: १८ चैत्र २०८१, मंगलवार १९:२८
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
