
काठमाडौं, नेपालमा मुख्य पर्यटन सिजन सुरु हुनै लाग्दा पर्यटक आगमन प्रवृत्ति भने घट्दो क्रममा देखिएको छ ।सन् २०२५ सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटेको छ । जनवरीमा २०२४ र २०२५ कै हाराहारी पर्यटक आएका थिए । फेब्रुअरी र मार्चमा आगमन घटेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो ।अघिल्लो वर्ष मार्चमा १ लाख २८ हजार १ य ७१ पर्यटक आएको बोर्डको तथ्यांक छ । २०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यो बेला १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएको देखिएको थिए ।
भारत सहित दक्षिण एसियाली भेगकै पर्यटक आगमन खस्किएपछि त्यसको असर पर्यटक आगमनमा देखिएको हो । मार्चमा दक्षिण एसियाली देशबाट अघिल्लो वर्ष ४० हजार ७ सय २७ र यस वर्ष ३५ हजार २ सय ८७ पर्यटक आएका छन् । जुन १३.४ प्रतिशत कम हो ।उता, युरोपबाट हुने आगमन समेत यस महिना १०.५ प्रतिशतले खस्किएको छ । मध्यपूर्वबाट आउने पर्यटक संख्यामा भने ७९ प्रतिशतको बढोत्तरी देखिएको छ । अमेरिकी पर्यटक आगमनमा समेत सामान्य सुधार देखिएको छ ।
यस्तै प्रवृत्ति फेब्रुअरी २०२५ मा समेत देखिएको थियो । पर्यटन बोर्डका अनुसार उक्त महिना गत वर्ष ९७ हजार ४ सय २६ पर्यटक आएकोमा यस वर्ष ९६ हजार ८ सय ८० पुगेको छ ।यस महिना पनि दक्षिण एसियाली देशको पर्यटक आगमन १४.२ प्रतिशतले खस्किएको थियो । अन्य भेगबाट भएको आगमन भने सुधार भएको छ । जनवरीमा भने अघिल्लो वर्ष ७९ हजार १ सय पर्यटक आएकोमा यस वर्ष ७९ हजार ९ सय ९१ जना आएका छन् ।
मार्च २०२५ मा सबैभन्दा धेरै भारतीय पर्यटक आउँदा दोस्रो नम्बरमा चिनियाँ छन् । यस महिना ११ हजार ४ सय ४३ चिनियाँ आएका छन् । अमेरिकी पर्यटक तेस्रो स्थानमा छन् । यस महिनामा ११ हजार ९२ जना अमेरिकी आएका छन् चौथोमा श्रीलंकन देखिएका छन् । श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल आएका छन् । पाँचौं स्थानमा बेलायत छ । त्यहाँबाट ५ हजार ९ सय ९५ जना आएका छन् ।
Sudina Shrestha
प्रकाशित: १८ चैत्र २०८१, मंगलवार १९:२२
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
