
काठमाडौँ, चैत १६ गते। काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपालसहित एक सय ११ जनालाई पक्राउ गरेको हो ।
पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ।विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ चैत्र २०८१, आईतवार ०८:५९
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
