
काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा नेपाल आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।
योसँगै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेटको उपाधि तीन पु¥याएको छ । आर्मीले एकपटक उपाधि जितेको छ । गएको फागुन २५ देखि शुरु भएको प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलोपटक काठमाण्डौ उपत्यकाबाहिर लुम्बिनी प्रदेशमा आयोजना भएको हो ।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोली वटा सहभागी थिए । रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखुरीमा खेल भएका हुन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए । ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका छन् । उनी पिएम कपको उत्कृष्ट बलर पनि चुनिए । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर भएवापत उनले पल्सरका २ वटा बाइक प्राप्त गरे ।
त्यस्तै, गण्डकी प्रदेश अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भए । अर्जुनले प्रतियोगिताका ९ खेलमा १ शतक सहित ३ सय ७४ रन बनाएका थिए । उनले पल्सर बाइक प्राप्त गरे।
त्यस्तै, आर्मीका लागि उच्च प्रदर्शन गरेका तृतराज दास उदयीमान खेलाडी घोषित भए । तृतले १० खेलमा १ शतक सहित ३ सय ६५ रन बनाएका थिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ चैत्र २०८१, आईतवार ०८:४७
Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)
