काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा नेपाल आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।
योसँगै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेटको उपाधि तीन पु¥याएको छ । आर्मीले एकपटक उपाधि जितेको छ । गएको फागुन २५ देखि शुरु भएको प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलोपटक काठमाण्डौ उपत्यकाबाहिर लुम्बिनी प्रदेशमा आयोजना भएको हो ।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोली वटा सहभागी थिए । रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखुरीमा खेल भएका हुन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए । ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका छन् । उनी पिएम कपको उत्कृष्ट बलर पनि चुनिए । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर भएवापत उनले पल्सरका २ वटा बाइक प्राप्त गरे ।
त्यस्तै, गण्डकी प्रदेश अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भए । अर्जुनले प्रतियोगिताका ९ खेलमा १ शतक सहित ३ सय ७४ रन बनाएका थिए । उनले पल्सर बाइक प्राप्त गरे।
त्यस्तै, आर्मीका लागि उच्च प्रदर्शन गरेका तृतराज दास उदयीमान खेलाडी घोषित भए । तृतले १० खेलमा १ शतक सहित ३ सय ६५ रन बनाएका थिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
