काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ । पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आउनुभएको थियो ।
सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती गरेको हो । पूर्वअतिविशिष्ट व्यक्तिका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था गरेको छ तर यसको अतिरिक्त पूर्वराजा ज्ञानेन्द्रको हकमा सरकारले २५ जना खटाएको थियो ।
गृह मन्त्रालयले सबै पूर्वविशिष्ट व्यक्तिलाई समान सुरक्षा व्यवस्था उपलब्ध गराउने निर्णय गर्दै पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ नौ जना सुरक्षाकर्मी घटाएको जनाएको छ । त्यसै गरी गृह मन्त्रालयले पूर्वराजाको सुरक्षामा तैनाथ युनिट नै परिवर्तन गरेको छ ।
यसअघि पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलका जगदीश हमाल नेतृत्वको टोलीमा सुरक्षाकर्मी खटाइएकोमा त्यसलाई हटाएर मन्त्रालयले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक नेतृत्वमा १६ जना सुरक्षा टोली खटाएको हो ।
राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उसका हरेक गतिविधिमाथि निगरानी बढाउँदै प्राप्त सुविधा कानुनबमोजिम कटौती गर्ने तयारीसमेत गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-30
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
