काठमाडौं, नेपाल पत्रकार महासंघले राजसंस्थाको पुुनःस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ।
यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । रजकसँगै तीनकुनेको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका हुन् । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
