
काठमाडौं । वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । ब्लुक्रस हस्पिटलका संरक्षक डाक्टर श्रेष्ठको बिहीबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो ।
डा. श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन् । उनी तत्कालिन राजा वीरेन्द्रका निजी चिकित्सक समेत हुन् । उनी मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका पनि चिकित्सक हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ ।
डा. श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको अस्पतालले जनाएको छ । अस्पतालले उनको निधनपछि दुःख व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा उनले गरेको योगदान सदा सर्बदा उचित तथा सम्मानका साथ युग युगसम्म स्मरण रहेनमा विश्वसत रहेको जनाएको छ ।
ललितपुरको कुपन्डोल निवासी डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ ।
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिइरहेका उनले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि पाएका थिए। २०५८ जेठ १९ गते राज परिवार हत्याकान्ड भएपछि उनले सेवाबाट अवकाश लिएका थिए। उनी ६० वर्षे उमेर हद लागेर सेवाबाट ६ वर्षअघि नै रिटायर्ड भइसकेका थिए, तर शाही चिकित्सकका रुपमा दुई–दुई वर्ष करार थप गर्दै सेवारत थिए।
उनले केही समयअघि सम्म मुमा बडा महारानी रत्नलाई उपपचार सेवा दिइरहेका थिए । यसबाहेक सिभिल एभिएसन अथोरिटी नेपालमा सिभिल एभिएसन मेडिकल एस्सेसर, खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संस्थापक अध्यक्ष, नेपाल लेप्रोसी रिलिफ एसोसिएसनमा वरिष्ठ उपाध्यक्षका रुपमा उनले जिम्मेवारी सम्हालेका थिए। ।
१९९२ सालमा काठमाडौं जैशीदेवलमा जन्मेका डा श्रेष्ठले २००७ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरेका थिए । उनले सन् १९६१ मा भारत, लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेका हुन् ।
डाक्टर श्रेष्ठको निधन पछि नेपाल चिकित्सक संघले समेत दुख व्यक्त गरेको छ। संघले विज्ञप्ति जारी गर्दै इमान्दार र लगनशील अग्रज चिकित्सक गुमाउनु पर्दा चिकित्सक संघ अत्यन्तै मर्माहत भएको जनाएको छ।
Sudina Shrestha
प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०९:११
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
