
काठमाडौं । आज काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजाका समर्थक (राजावादी) ले शक्ति प्रदर्शन गर्दैछ । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन् ।
काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ । समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने तयारी गरेको छ । समाजवादी मोर्चामा रहेका चार दलले चार छुट्टाछुट्टै स्थानबाट र्याली निस्कनेछ।
माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्याली निकाल्नेछ। माओवादी केन्द्रले निकाल्ने र्याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ ।
माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्याली निकाल्ने छ। उक्त र्याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्याली निकाल्नेछ । उनीहरूको र्याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने बताइएको छ ।
नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्याली निकाल्नेछ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी) ले र्याली निकाल्नेछ । मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ । चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुनेछ ।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन्। सो प्रदर्शनलाई राप्रपा लगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकाल्ने तयारी गरेका छन् ।
दुई समूहले एकैदिन फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ भने सुरक्षा चुनौती पनि बढेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्त एसएसपी शेखर खनालका अनुसार दुई पक्ष भेट हुने र मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै शुक्रबारको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए । आवश्यकता अनुसार थप प्रहरी पनि परिचालन हुने उनले बताएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०८:४४
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
