काठमाडौं, काठमाडौं कलेज अफ म्यानेजमेन्ट कलेजको बीबीए कार्यक्रम अन्तर्गतको ब्याच २०२०–२०२४ (फल) र ब्याच २०२१–२०२५ (स्प्रिङ) को संयुक्त दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा दुवै ब्याचका उत्तीर्ण विद्यार्थीहरूलाई स्नातकोपाधिको प्रमाणपत्र प्रदान गरिएको छ ।दीक्षान्त उत्सवमा दुवै ब्याचका गरी उत्तीर्ण ८२ विद्यार्थीमध्ये उपस्थित ७९ जनालाई स्नात्तकोपाधिको प्रमाणपत्र प्रदान गरिएको कलेजले जनाएको छ । साथै दुवै ब्याचका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो ।
दीक्षान्त उत्सवमा सियाम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट डा. च्योल जे चो प्रमुख अतिथि थिए ।कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत श्री सुवापोङ सिरिसोर्न, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, नेपाल थाई च्याम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका अध्यक्ष अजय मुडभरी, एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल्स इन नेपालका अध्यक्ष डा। मनोज शाहीलगायत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विशिष्ट पदाधिकारीहरूको उपस्थिति थियो ।
केसीएम नेपालमा निजी क्षेत्रबाट व्यवस्थापन संकायको स्नातक तह (ब्याचलर अफ बिनिजेस एड्मिनिस्ट्रेसन – बीबीए ) कार्यक्रम सुरु गर्ने पहिलो कलेज हो ।कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सन् १९९७ देखि बीबीए कार्यक्रम सुरु गरेको थियो ।अन्तर्राष्ट्रिय गुणस्तरको समयानुकूल शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजले सन् २०१४ देखि थाइल्याण्डस्थित सियाम विश्वविद्यालयसँगको साझेदारीमा चार वर्षे बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
