
काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार साँझ बुढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित एक घरबाट ११ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा भारतका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारतद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार रहेका छन् ।
उनका अनुसार उनीहरूले अनलाइन जुवा खेलाउने काम गर्थे। उनीहरूले दुई अर्बभन्दा बढी रकमको कारोबार गरेको देखिएको हो । त्यस्तै ९६ लाख ३३ हजार भन्दा बढी क्रिप्टोकरेन्सीको कारोबारर समेत देखिएको प्रहरीले जनाएको छ । यस्तै उनीहरूमाथि ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ ।
Sudina Shrestha
प्रकाशित: १३ चैत्र २०८१, बिहीबार ०९:२९
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
