काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार साँझ बुढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित एक घरबाट ११ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा भारतका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारतद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार रहेका छन् ।
उनका अनुसार उनीहरूले अनलाइन जुवा खेलाउने काम गर्थे। उनीहरूले दुई अर्बभन्दा बढी रकमको कारोबार गरेको देखिएको हो । त्यस्तै ९६ लाख ३३ हजार भन्दा बढी क्रिप्टोकरेन्सीको कारोबारर समेत देखिएको प्रहरीले जनाएको छ । यस्तै उनीहरूमाथि ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
