काठमाडौँ, काठमाडौं महानगरपालिकामा हालै देखिएको प्रशासनिक समस्या समाधान गर्न स्थानीय तह कर्मचारी संघले मेयर बालेन साह र सरकारलाई आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएकाले तीन महिनादेखि महानगरका ४ हजार कर्मचारीहरूले तलब पाएका छैनन् । लामो समयदेखि तलव नपाउँदा कर्मचारीको कार्यमनोबल खस्किएको छ । विकास निर्माणका काम ठप्प भएको उल्लेख गर्दै संघका अध्यक्ष नारायण शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–विगत तीन महिनादेखि प्रशासनिक नेतृत्वविहीन हुँदा समग्र काठमाडौं महानगरपलिकाको प्रशासनिक संयन्त्र अस्तव्यस्त बनेको छ ।
विगत तीन महिनादेखि पारिश्रमिक नपाउँदा झन्डै ४ हजार पेसाकर्मीको दैनिकी चल्न सकेको छैन, लामो समयसम्म तलव प्राप्त गर्न नसक्दा कर्मचारीहरूको कार्य मनोबल चरम खस्किएको छ भने विकास निर्माणलगायत कार्य ठप्प बनेका छन् ।यस्तो अवस्था हुँदा समेत सिंगो महानगर नेतृत्व जिम्मेवार एवं गम्भीर भई समस्याको समाधानका लागि सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गर्नुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्या सिर्जना गर्न उद्यत देखिनुले समस्या हल गर्नतर्फ हैन, आआफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।
स्थानीय तहको प्रशासनिक र राजनीतिक नेतृत्व एकै सिक्काका दुई पाटा हुन् । शासन व्यवस्थामा एकअर्काबिच विश्वास एवं सहयोग परिचालन गर्न सके मात्र सार्वजनिक सेवा प्रवाहमा गतिशीलता तथा प्रभावकारिता हासिल गर्न सकिन्छ । नेपालको संविधानले समेत तीनै तहका सरकारबिच सहअस्तित्व, सहकार्य र समन्वयबाट मात्र शासन–प्रशासन सञ्चालनको परिकल्पना गरेको छ । यो खालको समन्वय र सहयोग परिचालन हुन नसक्दा समग्र शासन प्रणाली नैं कमजोर भई आम नागरिकमा शासन व्यवस्था र सरकारप्रति नै नैराश्यता देखिन सक्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-26
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
