
काठमाडौं , स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।
थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बिमामा सुधार ल्याएर आमनागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भइसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुधार र स्वास्थ्य बिमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् ।
हालै मात्र उनले स्राेत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य रहिसकेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ चैत्र २०८१, मंगलवार २२:०७
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको मृत्यु

उपसभामुखहरूको सम्मेलनबाट ७ बुँदे जनकपुर घोषणापत्र २०८२ जारी

राप्रपाले प्रदर्शनले निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

परराष्ट्रमन्त्री आरजु देउवा आज बैंकक जाँदै

हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन
