सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार छुट्टाछुट्टै तीन वटा गाडी दुर्घटनामा १४ जना घाइते भएका छन् । एउटा ट्रक र एउटा विद्युतीय सवारी साधन दैलेखमा दुर्घटना भएका छन् भने कालिकोटमा बोलेरो गाडी दुर्घटना भएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुका ६ बजेतिर सुर्खेतबाट कालिकोट नरहरीनाथ गाउँपालिका–४ कुमालगाउँ भन्ने ठाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको बोलेरो गाडी सोही ठाउँको डाडामाडुमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले रातोपाटीलाई जानकारी दिए ।
‘घाइतेहरूको अवस्था सबैको सामान्य नै छ,’ उनले भने, ‘गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबार २० मिटर तल खसेको छ ।’दैलेख प्रहरीका अनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत भैरवी गाउँपालिका(२ रावतकोटमा विद्युतीय गाडी दुर्घटना भएको छ ।दैलेख सदरमुकामदेखि पश्चिमको आठबिस नगरपालिकातिर जाँदे गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२१ नम्बरको उक्त विद्युतीय गाडी तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई बताए ।
अपरान्ह भएको उक्त दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध र आठबिसका छन् ।घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचारपश्चात् डिस्चार्ज भइसके भने एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । गाडी चालक फरार रहेका छन् भने गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ ।
यस्तै दैलेखको पादुकामा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा दुई जना घाइते भएको उनले बताए । ‘उनीहरूको अवस्था सामान्य छ,’ उनले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
