काठमाडौं । नेपालले इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यसबारे जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा जानकारी दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।
नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको उनले बताए । छलफलमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नरहेको बताए । नागरिक उड्डयन क्षेत्र प्रभावकारी बनाउन हवाईजहाज खरिद आवश्यक रहेको समेत उनको भनाइ छ ।
नेपाल एयरलाइन्स बलियो हुँदा परिणाम राम्रो आउने उनको भनाइ छ । उनले अहिले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको समेत स्वीकार गरे ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको भन्दै अब प्रतिनिधिसभामा प्रस्तुत हुने तयारीमा रहेको जानकारी गराए ।
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन सम्बन्धमा मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागु गरिएको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-24
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
