
ललितपुर । ललितपुर महानगरपालिका वडा नं ६, सिन्चाहिटीमा मेलम्ची खानेपानी पाइपलाइनबाट सेनेटरी न्याप्किन निस्किएको घटनाले स्थानीय बासिन्दामा आक्रोश बढाएको छ। धाराबाट पानीको प्रवाह कम भएपछि ठूलो मेसिनको सहायताले दबाउँदा पाइपबाट सेनेटरी न्याप्किन निस्किएको हो।

स्थानीय बासिन्दाहरूले यस घटनालाई गम्भीर लापरबाहीको रूपमा लिएका छन्। उनीहरूका अनुसार, मेलम्ची खानेपानी पाइपलाइनमा यस्ता फोहोर वस्तुहरू हुनु खानेपानीको गुणस्तरमाथि ठूलो प्रश्नचिह्न हो। “खानेपानी पाइपभित्रै यस्ता वस्तुहरू पुग्नु हाम्रा लागि निकै चिन्ताजनक कुरा हो। यो केवल लापरबाही मात्र होइन, हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषय हो,” एक स्थानीयले आक्रोश पोखे। स्वच्छ खानेपानी अभावका कारण विभिन्न जलजन्य रोगहरू फैलिन सक्ने खतरा बढेको भन्दै स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायसँग तत्काल पाइपलाइनको सफाइ र गुणस्तरीय पानी आपूर्तिको माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले यस घटनाको गहिरो छानबिन गर्न र पाइपलाइनको उचित सफाइ तथा मर्मतसम्भार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० चैत्र २०८१, सोमबार १२:५२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
