“केपी ओली बुबाजस्तै , बालेन छोराजस्तै”- शेखर वाग्ले

काठमाडौं । राष्ट्रिय युवा संघ काठमाडौं-सप्तरी सम्पर्क मञ्चका अध्यक्ष , र्‍यापर, सञ्चारकर्मी तथा समाजसेवी शेखर वाग्लेले आफू सबैप्रति माया, सम्मान, र इज्जत राख्ने व्यक्ति भएको बताएका छन्। सप्तरीका स्थायी बासिन्दा वाग्ले हाल काठमाडौंमा कार्यरत छन् र विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएका छन्।

प्रधानमन्त्री केपी ओली फुटबल कपका लागि उनले विशेष गीत लेखी गाएका छन्। राजनीतिक व्यक्तित्वहरूसँग जोडिएको प्रसंगमा, उनलाई नेपालका राजा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबारे सोध्दा वाग्लेले भने, “म भित्रको मनले सबैलाई माया, सम्मान र इज्जत गर्छ सबैको राम्रो होस् , देशबासि खुसि भयको मात्र हेर्न पाउ सदैब, देश १ रगत १ तर जात धर्म र सोच किन अनेक, यो कुरा को अनत्य हुन पर्छ हामि बाट , हामि १ असल मनुस्य को पहिचान दिम , चोटपटक दिने हैन अरुको घाउ को मलम बन्न सकम यति मात्र हो। म र म भित्र को मन ले सबैलाइ सदैब सम्मान माया मात्र गर्न पाम्। नराम्रो मार्ग को अन्त्य र राम्रो गन्तब्य खोजै। फुट्न हैन जुट्न सिकम्।बिछोड हैन मिलन माध्यान दिम। यति गर्न सके देश र हाम्रो अस्तित्व को पहिचान हुन्छ्। रगत को खोला हैन घर घर मा सुद्ध पिउने पानी को लागि मुहान कसरि बनाउन सकिन्छ त्यता तिर ध्यान दिम , त्यति हेर्ने मेरो रहर चाहना हो। म एक सामान्य ब्यतिको यो ठुलो रहर सबैले बुझेर मलाइ नि माया को नजरले हेर्दिनुस है।“

त्यसैगरी, जब उनलाई सोधियो कि तपाईं पनि एक र्‍यापर, जो केपी ओलीको प्रशंसा गर्दै गीत लेख्नुहुन्छ र गाउनुहुन्छ भने अर्का र्‍यापर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ओली विरुद्ध स्टाटस लेख्छन्, वाग्लेले भने, “केपी ओली बुबाजस्तै हुनुहुन्छ भने बालेन उनका छोराजस्तै , बुबा र छोराबीच कहिलेकाहीं सानातिना गल्तीहरू अपेक्षा गरिन्छन्।”

वाग्लेले संगीतमार्फत सामाजिक तथा राजनीतिक विषयहरू उठाउने प्रयास जारी राख्ने बताएका छन्। उनका अनुसार, संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई विचार र भावना अभिव्यक्तिको पनि सशक्त माध्यम हो।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ९ चैत्र २०८१, आईतवार १६:३७