
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १६ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका ती प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै दुई जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: ९ चैत्र २०८१, आईतवार ०८:४९
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
