काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखनाथ मन्दिरमा पूजा अर्चना गरेका छन् । शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरेका थिए ।

पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

इतिहासहरुमा गोरखनाथको आर्शीवाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।
गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।

यस्तै, पूर्वराजा शाहले मनोकामना मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम रहेको । पूर्वराजाको संवाद सचिवालयका अनुसार त्यसका निम्ति आजै उनी कुरिनटार जाने भएका छन् । पूर्वराजा गोरखा पुग्दा भव्य स्वागत गरिएको थियो ।
पछिल्लो समय ज्ञानेन्द्र शाहले भेटघाट बढाएका छन् । श्ुक्रबार बिहान गोरखा पुगेका उनले त्यहाँका जनतालाई सम्बोधन समेत गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
