
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज बिहान सवा ११ बजेबाट बस्ने भएको हो । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गर्ने छन् ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ चैत्र २०८१, शुक्रबार ०८:२२
ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच सम्झौता, ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान

२४ सै घन्टा विद्युत् निर्यात गर्न भारतीय पक्षलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अनुरोध

Nepal secures historic win against Singapore in international friendly

सबै सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता, सूचीकरण नभए सञ्चालनमा रोक लगाइने

शब्दयात्रा प्रकाशनले चैत २३ गते सम्मान समपर्ण गर्दै

नेपाल र सिंगापुरको मैत्रीपूर्ण फुटबल खेल आज
