काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पनि राजावादीविरूद्ध आन्दोलनको घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेका बेला एमालेले पनि आन्दोलनको घोषणा गरेको हो ।
बिहीबार महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन् । एमालेले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गर्ने बताइएको छ ।
त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने जानकारी पनि जुम बैठकमा महासचिव पोखरेलले गराएका थिए ।
त्यस्तै चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी रहेको बताइएको छ ।
जागरण सभा नहुने जिल्लामा मोटरसाइकल र्याली गर्ने महासचिवले बताएका थिए । चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेको तयारी छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
