एजेन्सी । राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) का अनुभवी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरले २८६ दिनको लामो अन्तरिक्ष यात्रा पूरा गरी बुधबार पृथ्वीमा फर्किएका छन् ।
उनीहरू स्पेसएक्स को क्रू–९ ड्«यागन अन्तरिक्ष यानमा फ्लोरिडाको मेक्सिको खाडीमा अवतरण गरे । यो मिशनमा नासा का निक हेग र रोस्कोस्मसका एलेक्सान्डर गोर्बुनोभ पनि सहभागी थिए । सुनिताको यो यात्राले उनको कुल अन्तरिक्ष समय ६०८ दिन नाघेको छ ।
सुनिता र बुच जुन ५, २०२४ मा बोइङ स्टारलाइनरमा आठ दिनको परीक्षण मिशनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए। तर, स्टारलाइनर मा थ्रस्टर खराबी र हेलियम चुहावटका कारण उनीहरूको फिर्ती सम्भव भएन । नासाले सेप्टेम्बर २०२४ मा स्टारलाइनरलाई चालक दलबिना फर्काएको थियो ।
स्पेसएक्स को ड्र्यागन मार्च १८ मा आईएसएसबाट छुटेर १७ घण्टाको यात्रापछि फ्लोरिडामा अवतरण गरेको गर्यो । सुनिता बाहिर निस्किँदा हात हल्लाउँदै, मुस्कुराउँदै गरेको देखिइन् । उनलाई स्वास्थ्य जाँच र पुनर्वासका लागि ह्युस्टन लगिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
