
एजेन्सी । राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) का अनुभवी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरले २८६ दिनको लामो अन्तरिक्ष यात्रा पूरा गरी बुधबार पृथ्वीमा फर्किएका छन् ।
उनीहरू स्पेसएक्स को क्रू–९ ड्«यागन अन्तरिक्ष यानमा फ्लोरिडाको मेक्सिको खाडीमा अवतरण गरे । यो मिशनमा नासा का निक हेग र रोस्कोस्मसका एलेक्सान्डर गोर्बुनोभ पनि सहभागी थिए । सुनिताको यो यात्राले उनको कुल अन्तरिक्ष समय ६०८ दिन नाघेको छ ।
सुनिता र बुच जुन ५, २०२४ मा बोइङ स्टारलाइनरमा आठ दिनको परीक्षण मिशनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए। तर, स्टारलाइनर मा थ्रस्टर खराबी र हेलियम चुहावटका कारण उनीहरूको फिर्ती सम्भव भएन । नासाले सेप्टेम्बर २०२४ मा स्टारलाइनरलाई चालक दलबिना फर्काएको थियो ।
स्पेसएक्स को ड्र्यागन मार्च १८ मा आईएसएसबाट छुटेर १७ घण्टाको यात्रापछि फ्लोरिडामा अवतरण गरेको गर्यो । सुनिता बाहिर निस्किँदा हात हल्लाउँदै, मुस्कुराउँदै गरेको देखिइन् । उनलाई स्वास्थ्य जाँच र पुनर्वासका लागि ह्युस्टन लगिएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ चैत्र २०८१, बिहीबार ०९:२७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
