
काठमाण्डौ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गरेका हुन् ।
उनले सन्नयास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासङ्घ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् । एरिका गुरुङले स्वर्ण जितेको १०औं सितेरियो इन्टरनेशनल च्याम्पियनशिपमा विप्लवले रजत जितेका थिए । चीनमा भएको एशियाडमा दुई बाउट जित्दै पदक नजिक पुगेका थिए ।
त्यसपछि उनले यूएस ओपन कराते च्याम्पियनशिपमा सहभागिता जनाए भने भूटानमा जुलाईमा भएको आठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । उनले आफ्नो क्षमता अनुसारको प्लेटफर्म दिनुपर्नेमा सङ्घले उल्टै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित गराएको आरोप लगाएका छन् ।
Sudina Shrestha
प्रकाशित: ६ चैत्र २०८१, बिहीबार ०८:१५
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
