काठमाण्डौ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गरेका हुन् ।
उनले सन्नयास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासङ्घ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् । एरिका गुरुङले स्वर्ण जितेको १०औं सितेरियो इन्टरनेशनल च्याम्पियनशिपमा विप्लवले रजत जितेका थिए । चीनमा भएको एशियाडमा दुई बाउट जित्दै पदक नजिक पुगेका थिए ।
त्यसपछि उनले यूएस ओपन कराते च्याम्पियनशिपमा सहभागिता जनाए भने भूटानमा जुलाईमा भएको आठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । उनले आफ्नो क्षमता अनुसारको प्लेटफर्म दिनुपर्नेमा सङ्घले उल्टै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित गराएको आरोप लगाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
