
गाजा, इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सकहरुले बताएका छन् । मृतक र घाइतेलाई अस्पताल लगिएको बताइएको छ भने इजरायली युद्धक विमानहरुले घरहरुमा निशाना बनाएको बताएका छन् । यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स ‘आईडीएफ’ ले रातभर उत्तरी गाजामा हमासको सैन्य इलाकामा आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण गरेको थियो, जसका कारणा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ चैत्र २०८१, बुधबार २१:२७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
