एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा लामो टेलिफोन कुराकानी भएको छ । कुराकानीमा ३० दिनसम्म युक्रेनको ऊर्जा र पूर्वाधारमाथिको आक्रमण रोक्न सहमति भएको ह्वाइट हाउसले बताएको छ ।
यो सहमतिले शान्तिको प्रारम्भिक संकेत देखाए पनि युक्रेनले पूर्ण समर्थन गरेको छैन । पुटिनले शान्ति वार्ताका लागि युक्रेनले विदेशी सैन्य सहायता बन्द गर्नुपर्ने शर्त राखेका छन् ।
तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘रूस युद्ध अन्त्य गर्न वा युद्धविरामका लागि तयार छैन । उनीहरूले यो युद्ध रोक्ने मनसाय नराखेको हामीले अमेरिकी सहकर्मीहरूलाई चेतावनी दिएका थियौँ, र यो स्पष्ट देखिन्छ।’ उनले थपे, ‘उनीहरू पहिलो चरणको युद्धविरामका लागि पनि तयार छैनन्।’
ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’ बारे छलफल भइरहेको संकेत गरेपछि युरोपेली देशहरूमा चिन्ता बढेको छ । वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा यो संवाद ‘महत्वपूर्ण चरण’ मा पुगेको बताए, तर धेरै कुरा टुंगो लाग्न बाँकी रहेको उल्लेख गरे । पुटिनले भने आफ्नो सेना युक्रेनी भूमिमा अघि बढिरहेको र नेटो सेनालाई युक्रेनमा रोक्ने अडान दोहोर्याए ।
जेलेन्स्कीले ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोकलाई ‘समर्थन’ गरे पनि प्रस्तावको विवरण र सहमतिको वास्तविकता जान्न चाहेका छन् । रूसी ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने विषयमा उनले अमेरिकी मध्यस्थतामा दुवै पक्षबीच सम्झौता सम्भव रहेको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
