एजेन्सी । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी चार सय जनाभन्दा धेरैको ज्यान गएको छ । आक्रमणमा परी ६ सय जनाभन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ ।
जनवरी १९ मा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हवाई आक्रमण हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले आफ्ना देशका बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ ।
हमासले इजरायललाई रक्षाहीन नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै मध्यस्थकर्ताहरूले इजरायललाई युद्धविराम उल्लङ्घनका लागि पूर्णरूपमा जिम्मेवार ठहराउनुपर्ने बताएको छ । हमासले यो आक्रमणले इजरायलका बाँकी बन्धकहरूको भविष्यलाई अन्योल बनाएको पनि जनाएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा शुरू गरेको कारबाहीमा अहिलेसम्म ४८ हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो गैरसनिक छन् ।
इजरायलले गाजामा अझै पनि ५९ बन्धक रहेका र तीमध्ये २४ जना जीवित रहेका विश्वास गरेको छ । बन्धक परिवारहरूको प्रतिनिधित्व गर्ने एउटा समूहले इजरायली सरकारले नयाँ आक्रमण शुरू गरेर बन्धकहरूको भविष्य अन्योलमा पारेको आरोप लगाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
