
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने मिति सार्वजनिक गरेको छ । बोर्डले परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको भन्दै आगामी असार ७ गते नतिजा प्रकाशन गर्ने जनाएको हो । यसअघि नतिजा प्रकाशनबारे बोर्डले मिति नतोक्दा विद्यार्थी अन्योलमा हुन्थे ।

नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति नै तोकिएको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यस वर्षको एसईई परीक्षा बिहीबार बिहान ८ बजेबाट सुरु हुँदैछ ।
देशभर २ हजार ८० परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट पनि २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ चैत्र २०८१, मंगलवार १५:५४
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
