काठमाडौं । प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त ट्रक काठमाडौंको टोखास्थित झोरबाट प्रहरीले बरामद गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।उनी यसअघि नै सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ । उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका थिए । यसअघि पनि उनलाई महाशाखाले नै पक्राउ गरेको थियो ।
ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताए । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई राजश्व विभाग हरिहर भवन पठाइने छ । उनी भरियाको रुपमा मात्रै रहेको अनुसन्धानबाट खुलेको छ । पुरानो घटना र अहिलको घटनालाई केन्द्रमा राखेर अनुसन्धान लामामाथि अनुसन्धान हुने प्रहरीले जनाएको छ । अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८ सय ५० रूपैयाँ बढी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
