विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । धनपालथान ६ को कदमा गाउँमा मंगलबार दिउँसो देखि सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।
आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । आगलागीबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
