
काठमाडौं । नेपाली बजारमा आज ९मंगलबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज एक हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमबार एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आ चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० कायम भएको महासंघले जानकारी दिएको छ।
सोमबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
Sudina Shrestha
प्रकाशित: ४ चैत्र २०८१, मंगलवार १२:४०
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
