
हेटौँडा । चन्द्रागिरि हिल्सले भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग ट्याक्स असुली गर्दै आएको छ । राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो ।
मकवानपुर, चित्लाङको वनक्षेत्रमा पर्ने धार्मिक र ऐतिहासिक मन्दिरमा पुग्ने पैदलयात्रीसँग प्रवेश पासबापत रकम असुली गरिँदै आएको छ । यहाँको पैदलमार्ग हुँदै आवतजावत गर्ने यात्रीले गरेको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि भन्दै राष्ट्रिय वनको बिचमा चेक पोस्ट राखेर पैसा असुली गर्ने गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरि हिल्सले वनभित्र रोकेर पैदलयात्रीसँग पैसा असुल्ने कार्य गलत भएको बताएका छन् । यसअघि पनि पैसा असुलेको थाहा भएपछि रोकिएको थियो । अहिले फेरि पैसा असुल्नु गलत रहेको उनको भनाइ छ ।
त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं ४ नं. वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वनभित्र पैसा असुल्न नपाइने बताए । मन्दिर जाने ठाउँमा रोकेर पैसा असुल्नु गलत भएको उनले स्पष्ट पारेका छन् । थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दु धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ चैत्र २०८१, मंगलवार ०९:४५
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
